देशमा प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहन्छः अध्यक्ष दाहाल
पाेखरा | कात्तिक ४, २०७९
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशमा प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन् ।
पोखरामा पाँचदलीय गठबन्धन गण्डकी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘देशमा प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहन्छ, उनले भने, ‘देशमा प्रतिगमनको, निरकंशुताको, अराजकताको खतरा रहेसम्म संविधान र लोकतन्त्र बचाउन गठबन्धन हुनुपर्ने आजको आवश्यकता हो ।’
उनले निर्वाचनको समयमा गठबन्धनमा रहेका फरकफरक पार्टीका कार्यकर्ताहरुले मतदान गर्न गाह्रो नमान्नसमेत आग्रह गरे ।
‘निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार मैदानमा छन् तर मतदानको समयमा कांग्रेसले माओवादीलाई र कांग्रेस तथा माओवादीले जनमोर्चालाई मतदान गर्न गाह्रो नमान्नुस् । किनभने गठबन्धन आजको आवश्यकता हो । तपाइ हाम्रो र राष्ट्रको हितकै लागि हो ।’ उनले भने ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

